माओवादी केन्द्रले उधारो सम्झौता गर्यो- डा. स्वर्णिम वाग्ले – Kanika Khabar
Monday, July 14Nepali News Portal

माओवादी केन्द्रले उधारो सम्झौता गर्यो- डा. स्वर्णिम वाग्ले

    मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले माओवादी केन्द्रले उधारो सहमति गरेको आरोप लगाएका छन् ।

संसद परिसरमा प्रतिक्रिया दिदै डा. वाग्लेले माओवादी जस्तो जिम्मेवार पार्टीले यति ठुलो विषयमा यसरी उधारो सहमति गरेको आरोप लगाएका हुन् ।

उनले भने- ‘हामीलाई लागेको थियो, उहाँहरु यति ठुलो इस्युप्रति गम्भीर हुनुहुन्छ, तर गाम्भिर्य पटक्कै रहेनछ । उहाँहरुले लत्तो छोड्न थालेपछि हामीले समातेका हौँ । हामी आशा गरिएको उदियमान राजनीतिक शक्ति भएकाले यति गम्भीर इस्यु, राष्ट्रिय र अन्तर्राष्ट्रिय आयाम बोकेको इस्युलाई हामी यसै छोड्नेवाला छैनौं । यो अनन्तकालिन हाम्रो संघर्ष आजदेखि संखनाद गरिएको छ । समय सीमा पनि छैन, कहिले देखि शुरु गर्न, टिओआर पनि छैन । यस्तो उदारो सम्झौता गरिएको छ ।’

डा. वाग्लेले गृहमन्त्रीको मातहतमा रहेका धेरै विभाग संलग्न रहेको विषय बाहिर आएको भन्दै यस प्रकरणमा ठुलो जालो रहेको बताए ।

उनले यो विषयलाई जनतामा लैजाने समेत बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्