काठमाडौँ, ५ असार ।
संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डरमा विद्यालय शिक्षा विधेयकको कार्यसूची परेको छैन । असार १ गतेदेखि १५ गतेसम्मका लागि तयार पारेको क्यालेन्डरमा जिद्यालय शिक्षा ऐन कार्यसूचीमा नपरेको हो ।
सरकारले प्राथमिकता दिएको भनिएको विद्यालय शिक्षा विधेयक संसदको पाक्षिक क्यालेन्डरमा नपरेसँगै असार १५ सम्म सरकारले पारित गर्ने भनेको विद्यालय शिक्षा विधेयक के हुने भन्ने प्रश्न उठ्न थालेको छ ।
साथै संघीय निजामती सेवा विधेयक अगाडि बढाउने कार्यसूची पनि पाक्षिक क्यालेन्डरमा समावेश गरिएको छैन ।
निजामती सेवा विधेयक प्रतिनिधि सभामै पुगेर अड्किएको छ । विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छ ।