बढ्दै राजनीतिक सकस : प्रमुख तीन दलका शीर्ष नेता छलफलमा जुट्दै – Kanika Khabar
Monday, July 14Nepali News Portal

बढ्दै राजनीतिक सकस : प्रमुख तीन दलका शीर्ष नेता छलफलमा जुट्दै

    मा प्रकाशित
फाइल तस्बिर

काठमाडौँ, ५ असार ।

पछिल्लो चरणमा सामान्य ढङ्गले राजनीतिक सकस बढ्दै जान थालेको छ । सरकारका लागि सामान्य लागेका विरोधका विषयले जटिल रुप लिन थालेपछि राजनीतिक सकस बाक्लिने सङ्केत बढेको छ । सुरुमा सामान्य मानिएको विषय संसदमा जटिल बन्दै जान थालेपछि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसँग दूरी घटाउने प्रयत्नमा सरकार लागेको छ ।
यसै सन्दर्भमा समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुुख तीन दलका शीर्ष नेताको बैठक आह्वान गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा आज बिहीबार दिउँसो २ः०० बजे बस्ने बैठकमा नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरु सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्