दाङ, ५ असार ।
दाङका एकजना संघीय सांसद विरुद्ध बैकउङ् कसुरमा मुद्दा परेको छ ।
दाङ क्षेत्र नम्बर १ बाट निर्बाचित सांसद मेटमणि चौधरी विरुद्ध चेक अनादरमा मुद्दा परेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन तिमिल्सिनाले हुलाक मार्फतबाट सांसद चौधरी विरुद्ध चेन अनादरमा जाहेरी आएको बताए । जाहेरीमाथि अनुसन्धान भइरहेको र मुद्दा दर्ताको प्रक्रियामा रहेको बताए । सांसद चौधरी विरुद्ध ५ करोड ४० लाखको चेक अनादर मुद्दा परेको हो ।लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार चौधरीविरूद्ध एभेरेस्ट बैंकको चेक अनादरको जाहेरी परेको हो।
हुलाकमार्फत परेको जाहेरीलाई सनाखत गर्न प्रहरीले जाहेरवालालाई कार्यालयमा बोलाएको छ।
‘जाहेरवालालाई सनाखत गर्नका लागि बोलाउने प्रक्रिया हुन्छ। सनाखत भएपछि अनुसन्धानको नियमित प्रक्रियामा अघि बढ्छ,’ प्रहरीले भन्यो ।