ऐनाभित्रको देश कवितासङ्ग्रहको विमोचन – Kanika Khabar
Monday, July 14Nepali News Portal

ऐनाभित्रको देश कवितासङ्ग्रहको विमोचन

    मा प्रकाशित

दाङ,८ असार ।

साहित्यकार धनसिंह गिरिको कविता संग्रह ‘ऐनाभित्रको देश’को बिमोचन गरिएको छ । राप्ती साहित्य परिषद् केन्द्रको आयोजनामा शनिवार घोराहीमा भएको कार्यक्रममा कविता संग्रहको बिमोचन गरिएको हो ।

राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षता तथा बरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यता एवं राप्ती साहित्य परिषद केन्द्रका सल्लाहकार उत्तमकृष्ण मजगैयाको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा कविता संग्रहको बिमोचन गरिएको हो । पुस्तक बिमोचन कार्यक्रममा बोल्ने बक्ताहरुले कविले सामाजिक उत्तरदात्वि, देशप्रतिको चिन्ता र चासोसँगै बैचारिक जीवनका अनुभुतिहरुलाई समेट्दै सरल, यर्थात परक र पठनीय रुपमा रचना सिर्जना गरेको भन्दै चर्चा गरेका थिए ।

पुस्तकको साहित्यकार हरिप्रसाद पौडेल ‘स्वर्णशिखा’ले समिक्षा गरेका थिए । त्यसअवसरमा लेखक धनसिंह गिरीले कविता लेखनका क्रममा भोगेका अनुभुतिसँगै आफ्ना विचार राखेका थिए । कार्यक्रममा साहित्यकार पद्मावती रिजाल र कमला रिजालले ‘ऐनाभित्रको देश’ कविता संग्रहमा भएका दुई वटा कविता बाचन गरेका थिए । ‘ऐनाभित्रको देश’ कविता संग्राहमा सशास्त्रीय छन्दमा लेखिएका ७८ वटा कविताहरु रहेका छन् ।

राप्ती साहित्य परिषद केन्द्रका बरिष्ठ उपाध्यक्ष दिपक शर्मा ‘समिर’को स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण महासचिव आदिम केसीले गरेका थिए । साहित्यकार गिरिका यसअघि ‘साक्षी किनारा’ र ‘जुन छुने रहर’ गजल संग्रह प्रकाशित भइसकेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्