प्रहरीमा नाम निकालिदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ – Kanika Khabar
Monday, July 14Nepali News Portal

प्रहरीमा नाम निकालिदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

    मा प्रकाशित
काठमाडौं, ११ असार ।
सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नाम निकालिदिन्छु भनी ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१५ बस्ने ४७ वर्षीय सोम कौशिक क्षेत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नाम निकालिदिन्छु भनी पीडितलाई इसेवा तथा विभिन्न बैंक खाताहरूमा ४ लाख ९१ हजार रूपैयाँ जम्मा गर्न लगाई ठगी गरी फरार भएको घटनामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी समेत जारी भएका सोमलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नागार्जुन नगरपालिका७ रामकोटबाट पक्राउ गरेको हो ।
उनलाई ठगी  सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्