आफैं आफ्नो अपहरणको नाटक गर्ने व्यक्ती १८ घण्टाभित्र पक्राउ – Kanika Khabar
Thursday, March 20Nepali News Portal

आफैं आफ्नो अपहरणको नाटक गर्ने व्यक्ती १८ घण्टाभित्र पक्राउ

    मा प्रकाशित

दिपक खत्री
साउन १६, सिन्धुपाल्चोक ।
आफै आफ्नो अपहरणको नाटक गर्ने ब्यक्तीलाई सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको छ । बाह्रविसे नगरपालिका ४ सानोपलातीका ३२ वर्षका जीवन खत्रीलाई अपहरको नाटक गरी झुटा अपबाह फैलाइ समाजमा समेत नकारात्मक प्रभाव पारेको अभियोगमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको एसपी प्रज्वल महर्जनले बताए ।
प्रहरी प्रमुख महर्जनका अनुसार साउन १३ गते राति साढे १२ बजे घरमा सुतिरहेको अवस्थामा चार पाँच जनाको समुहमा अज्ञात ब्यक्तीहरू आएर घरबाटै अपहरण गरेको भन्ने ब्यहोराको उनकै आफन्तले बाह्रबिसे प्रहरीमा सूचना दिएका थिए । त्यसपश्चात अपहरणमा परेका भनिएका खत्रीलाई ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षकको कमाण्डमा तथा जिल्ला प्रहरी कार्यालय समेतबाट खोजतलास सुरु गरिएको थियो । साउन १४ गते साँझ ७ बजेको समयमा खत्रीलाई सुनकोशी गाउँपालिका ५ यमुनाडाँडामा फुपुको घरमा भेटिएपछि प्रहरीले सोधपुछ सुरु गरेको हो । घटना सम्बन्धमा बुझ्ने क्रममा आफूलाई २ लाख रुपैँया ऋण भएको र सो ऋण तत्काल तिर्नुपर्ने भएकाले गाउँमा ऋण तिर्न नसकेको भनि कसैले थाहा पाएमा लाज हुने भन्दै आफूलाई अज्ञात समुहले अपहरण गरेको भनी नाटक गरेको भनेका छन् ।
आफ्नो श्रीमतीलाई समेत यो कुराको जानकारी आफूले दिएको भन्ने ब्यहोराको सोधपुछका क्रममा बयानमा खत्रीले बताएका प्रहरीको भनाइ छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्