स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ – Kanika Khabar
Monday, July 14Nepali News Portal

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

    मा प्रकाशित

महोत्तरी/ सम्सी गाउँपालिका-४ भेटपुर पछवाडी टोलस्थित सडकबाट स्रोत नखुलेको नगद ३ लाख ७३ हजार नेपाली रूपैयाँ र ७ हजार भारतीय रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामगोपालपुर नगरपालिका-७ बस्ने ३६ वर्षीय जमसेद अंसारी र ४४ वर्षीय दुखा अंसारी रहेका छन् ।

प्रहरी चौकी गैंडाभेटपुरबाट खटिएको प्रहरीले भारतको कन्हमा बोर्डरबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० एपी १५११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्