नेपाल परिवार नियोजन संघ दाङ शाखाको घुम्ती सेवा – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

नेपाल परिवार नियोजन संघ दाङ शाखाको घुम्ती सेवा

    मा प्रकाशित

कनिका खबर
साउन १६, दाङ ।


नेपाल परिवार नियोजन संघ दाङ शाखा अन्तर्गत सञ्चालित जिजिआर परियोजनाद्वारा लमही नगरपालिका वार्ड नं. ३ मा विपतको समयमा परिवार नियोजन सेवा उपलब्ध गराउने उद्देश्य ले १ दिने घुम्ती सेवा सन्चालन गरेको छ । उक्त घुम्ती सेवाको मुख्य लक्ष्य भनेको परिवार नियोजन सेवाको पहुँचबाट टाढा रहेका र लकडाउनका कारणले समयमा सेवा पाउन नसकेका समुदायका व्यक्तिहरुलाई सेवाको पहँुच पुर्याउनु रहेको शाखा प्रबन्धक वसन्त खनालले जानकारी गराए । उक्त घुम्तिसेवा मार्फत २९ जना महिलाले परिवार नियोजनको लामो अबधिको साधन इम्पलान्ट राख्नुका साथै २ जनाको इम्पलान्ट निकाल्ने काम समेत भएको थियो ।
घुम्ती सेवामा १९ वर्षको किशोरी देखि ३२ वर्ष उमेर समूहका महिलाहरुले सेवा लिएका थिए । सेवा प्रदान गर्दा सामाजिक दूरी कायम गरी सबै स्वास्थ्यका सुरक्षा उपायहरु अबलम्बन गरी सेवा प्रदान गरिएको थियो । अब संघले स्थानीय पालिकाहरुसित समन्वय गरी अन्यत्र आवश्यक भएको ठाउँमा समेत घुम्ती सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । घुम्ती सेवामा शाखा प्रबन्धक वसन्त खनाल अनमि सन्जु भन्डारी , सपना देवकोटा र आदर्श अधिकारीले परामर्श तथा सेवा प्रदान गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्