प्रहरी प्रधान कार्यालय, नक्सालमा कोरोना सङ्क्रमित हुनेको संख्या ७२ पुग्यो – Kanika Khabar
Thursday, November 13Nepali News Portal

प्रहरी प्रधान कार्यालय, नक्सालमा कोरोना सङ्क्रमित हुनेको संख्या ७२ पुग्यो

    मा प्रकाशित

कनिका खबर
साउन १६, काठमाडौं

प्रहरी प्रधान कार्यालय, नक्सालमा कोरोना भाइरस सङ्क्रमित हुनेको संख्या ७२ पुगेको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले कोरोना सङ्क्रमितको संख्या ७२ पुगेको जानकारी दिनुभयो । सङ्क्रमितहरूलाई बलम्बु स्थित सशस्त्र प्रहरीको अस्पतालका भर्ना गरिएको छ । पहिले सङ्क्रमित भएकाहरूको कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वाब संकलन गरिएकामा कोरोना संक्रमण पुष्टी भएको उहाँको भनाई छ । सङ्क्रमितहरू मध्ये अधिकांश सवारी चालक, मेकानिक र मेसमा कार्यरत प्रहरीहरु रहेका छन् । सङ्क्रमित प्रहरीहरूको कन्ट्याक्ट ट्रेसिङ मार्फत अन्य २० जनाभन्दा बढी प्रहरीलाई क्वारेन्टिनमा राखिएको उहाँको भनाई छ । यो संगै देशभर कोरोना सङ्क्रमण हुने प्रहरीको संख्या २ सय ५० पुगेको छ । यसैबीच महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहापथमा कार्यरत दुई ट्राफिक प्रहरीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । दुई दिनअघि पीसीआर परीक्षण गरिएका उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो । उनीहरुमा कोरोना संक्रमण देखिएपछि ट्राफिक महाशाखामा कार्यरत अन्य ट्राफिक प्रहरीहरुको पिसिआर जाँच गर्ने तयारी भइरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्