दाङ, १८ असार ।
नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ र नागरिक आवाज ललितपुरको सहयोगमा सञ्चालित सामुदायिक सुरक्षा जालो कार्यक्रम अन्तर्गत घोराही उपमहानगरपालिका–१३ का १५ जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवम् संस्थाका संस्थापक अध्यक्ष बिमला योगीको प्रमुख आतिथ्यतामा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा संस्थापक अध्यक्ष योगीले बालबालिकाको पढाइमा अभिभाबकले विशेष ध्यान दिनुपर्ने बताइन् । ‘बालबालिका काचो माटो जस्तै भएकाले उनीहरूलाई जस्तो बनायो उस्तै बन्न सक्छन्, त्यसैले उनीहरूलाई असल, संस्कारी र शिक्षित बनाउन अभिभावकले ध्यान दिनुपर्छ’ उनले बताइन् ।
आफ्ना नानीबाबुलाई बिद्यालयका लागि पढ्ने किताब, कापीको अभाव भए विभिन्न दाताबाट सहयोग लिएर भए पनि पाठ्यसामग्री अभाब हुन नदिन अभिभावकले ध्यान दिनुपर्ने बताइन् । यसैगरी अभिभावक कमला नेपालीले विगतमा कापी, किताब र विद्यालय पोसाक नहुँदा विद्यालय जान नमान्ने गरेको बताइन् ।
विद्यालय पोसाक र शैक्षिक सामग्री पाएपछि बालबालिका विद्यालय जान थालेको उनले बताइन् । सामुदायिक सुरक्षा जालो कार्यक्रमका फाइनान्स सवनम् राणाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङका कोषाध्यक्ष कान्ता चौधरी, सामुदायिक सुरक्षा जालो कार्यक्रमका मनोविमर्शकर्ता कल्पना डाँगी, अभिभावकका तर्फबाट द्रौपदा बादीलगायतले भनाइ राखेका थिए ।
कार्यक्रमको सहजीकरण सुरक्षा जालो कार्यक्रमका जिल्ला सयोजक लीला शाहले गरेकी थिइन् ।