रुकुम पश्चिम, १८ असार ।
रुकुम पश्चिममा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। गएराति ३० वर्षीया देविका बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा उनका श्रीमान ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकी पक्राउ परेका हुन्।
जिल्लाको चौरजहारी नगरपालिका–३ टाटागाउँका चन्द्रले राति घरमै श्रीमतीको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रमेश विष्टले बताए।
प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी पनि बरामद भएको जानकारी दिएको छ । डिएसपी बिष्टकका अनुसार आपसी विवादपछि श्रीमानले श्रीमती माथि खुकुरी प्रहार गरेको कुरा प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए ।