विराटनगरमा फेरि दुइ साता लकडाउन – Kanika Khabar
Friday, March 21Nepali News Portal

विराटनगरमा फेरि दुइ साता लकडाउन

    मा प्रकाशित

कनिका खबर
साउन १६, विराटनगर

विराटनगर महानगरपालिकामा भोली देखि लागू हुने गरी दुई साताका लागि फेरि लकडाउन गरिएको छ । समुदायस्तरमा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण देखिएको निष्कर्ष सहित महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको मेयर भीम पराजुलीले जानकारी दिनुभयो । नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको आज बसेको बैठकले कोरोना सङ्क्रमण नियन्त्रण र रोकथामका लागि लकडाउन गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको उहाँले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्