विदेशमा समस्या परेका ३५ हजार बढि नेपाली स्वदेश फर्किए – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

विदेशमा समस्या परेका ३५ हजार बढि नेपाली स्वदेश फर्किए

    मा प्रकाशित

कनिका खबर
साउन १६, दाङ

कोरोनाका कारण विदेशमा समस्या परेका ३५ हजार आठ सय चार जना नेपाली स्वदेश फर्किएका छन् । कोरोना संकट व्यवस्थापन केन्द्र सिसिएमसीका अनुसार हवाई मार्ग हुँदै हिजोसम्म विभिन्न २९ मुलुकबाट उनीहरु स्वदेश फर्किएका हुन् । स्वदेश फर्किनेमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स युएईबाट रहेका छन् । युएईमा कोरोनाका कारण समस्या परेका आठ हजार ५० जना नेपाली स्वदेश फर्किएका छन् । त्यस्तै साउदीबाट पाँच हजार ६ सय ११, कुवेतबाट पाँच हजार पाँच सय ४९, मलेसियाबाट पाँच हजार तीन सय ८४, कतारबाट तीन हजार नौ सय ४१ जना नेपाली फर्किएका छन् । बहराइन, कुवेत, अमेरिका, म्यानमार, जापान, दक्षिण कोरिया, श्रीलंका, टर्की, चीनलगायत २९ मुलुकबाट ३५ हजार आठ सय चार जना नेपाली स्वदेश फर्किएका हुन् । यस्तै, विदेशमा मृत्यु भएका दुइ सय २२ शव नेपाल ल्याइएको छ । मलेसिया, साउदी, कतार, कुवेत, दक्षिण कोरिया लगायत मुलुकमा अलपत्र परेका दुइ सय २२ नेपालीको शव स्वदेश ल्याइएको सिसिएमसीले जनाएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार विदेशमा अझै ९० वटा शव अलपत्र अवस्थामा छन् । नेपाली श्रमिक स्वदेश फिर्तीका लागि तय भएको चार्टर्ड उडानमार्फत् नै ती शव स्वदेश फर्काइने बोर्डले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्