हिन्दू विद्यापीठमा एसइईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान – Kanika Khabar
Monday, July 14Nepali News Portal

हिन्दू विद्यापीठमा एसइईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान

    मा प्रकाशित

दाङ,२० असार ।

दाङको घोराहीमा रहेको हिन्दू विद्यापीठले एसइई परीक्षामा उत्तीर्ण विद्यार्थीलाई बधाई एवं सम्मान गरेको छ ।

विद्यालयले शुक्रवार कार्यक्रमको आयोजना गरेर २०८१ सालको एसइई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई बधाई तथा अभिभावकलाइ सम्मान गरेको हो । विद्यालय सञ्चालक समितिका अध्यक्ष डा नारायणप्रसाद योगीको अध्यक्षता तथा सञ्चालन समितिका सदस्य चन्द्रराज पन्तको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एसइई परीक्षामा पास हुने विद्यार्थीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि पन्तले एसईई परीक्षामा सम्मिलित सम्पूर्ण विद्यार्थी राम्रो नतिजा लिएर पास भएकोमा सबैलाई बधाई ज्ञापन गर्दै उज्जवल भविष्यको शुभकामना व्यक्त गरेका थिए । शिक्षाका क्षेत्रमा हिन्दु विद्यापीठले राम्रो नतिजा दिन सफल भएको भन्दै यसबर्ष जस्तै आगामी बर्ष पनि सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने गरि पढाईमा ध्यानदिन आग्रह गरेका थिए । विद्यालयका संस्थापक प्राचार्य डा भोलानाथ योगीले उत्कट नतिजासहित शतप्रतिशत विद्यार्थी पास हुन सफल भएकोमा प्रशासन र सम्पूर्ण शिक्षकलाई धन्यवाद दिदै आगामी दिनमा पनि यो स्तरलाई कायम राख्न ध्यानदिनुपर्ने बताए ।

विद्यालय अभिभावक समन्वय समितिका अध्यक्ष गिरीराज लम्सालले संस्कार र संस्कृति सिकाउने विद्यालयका विद्यार्थीहरू जुन ठाउँमा गएपनि आफ्नो माटो र देशलाई भुल्न नहुने सुझाब दिएका थिए । विद्यालयका सञ्चालक समितिका सदस्य रामदयाल गुप्ताले अहिलेसम्म हिन्दू विद्यापीठले राम्रो नतिजा ल्याएको र यो वर्ष झन अति राम्रो नतिजा ल्याएको भन्दै विद्यालयलाई धन्यवाद धन्यवाद ब्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयका कोर्डिनेटर मधुसूदन पन्त, अभिभावक सुनिलकुमार गुप्ता, लेखापाल खड्ग शर्मा, मन्टेश््वरी प्रमुख पुष्पा रावत, विद्यार्थी किरण पुन र अनु शर्मालगाएतकाले बोलेका थिए ।

विद्यापीठमा अध्ययनरत १९ जना विद्यार्थीमध्ये १९ जना नै उत्कृष्ट अंक प्राप्त गर्दै पास हुन सफल भएका थिए । कार्यक्रममा एसइई परीक्षा उत्तीर्ण हुने विद्यार्थीहरूका अभिभावकलाई सम्मान गरिएको थियो भने विद्यार्थीहरूलाई उपहार प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक पिताम्बर रिजालले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्