‘देउखुरीको माटो’ कवितासङ्ग्रहको समीक्षा – Kanika Khabar
Wednesday, December 10Nepali News Portal

‘देउखुरीको माटो’ कवितासङ्ग्रहको समीक्षा

    मा प्रकाशित

दाङ । ‘देउखुरीको माटो’ कविता संग्रहको समीक्षा गरिएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित कृति समीक्षा कार्यक्रमअन्तर्गत १९६ औँ श्रृङ्खलामा शुक्रवार साहित्यकार शेषमणि घिमिरेद्वारा लिखित ‘देउखुरीको माटो’ कविता संग्रहको समीक्षा गरिएको हो ।

राप्ती साहित्य परिषद दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एवम् लोकसंस्कृतिविद् डा. गोविन्द आचार्य प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आदित्यतामा भएको कार्यक्रममा कविता संग्रहको समिक्षा गरिएको हो । कविता संग्रहको राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पद्मप्रसाद शर्माले कृतिको समीक्षा गरेका थिए ।
समीक्षक शर्माले साहित्यकार घिमिरेको कृति साहित्यका हरेक दृष्टिकोणले उत्तम रहेको भन्दै लेखकलाई निरन्तर सिर्जना गर्न पनि आग्रह गरेका थिए । ‘देउखुरीको माटो’ कविता संग्रहको लेखक घिमिरेले पुस्तक लेख्दा खेरिका अनुभवहरू सुनाएका थिए ।

कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटा, निवर्तमान अध्यक्ष डा. टीकाराम उदासी, वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ‘समीर’, सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतम, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, सिस्नुपानी नेपाल दाङका अध्यक्ष डा. लोकराज पराजुली, विश्व साहित्य संघ नेपाल दानका अध्यक्ष डा. कृष्णराज डिसी, नेपाल पत्रकार महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष विपुल पोख्रेल, झिल्का साहित्य समाजका अध्यक्ष वसन्त अनुभव, नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठ, पत्रकार गोविन्द खड्कालगायतको उपस्थीति रहेको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार यज्ञबहादुर डाँगी, साहित्यकारहरू सन्ध्या रेग्मी, कृष्णा शर्मा, वसुन्धरा शर्मा, खगेश्वर शर्मा पोखरेल, गोपाल पोख्रेल, लोकमणि शर्मा ज्ञवाली, मधुसुदन गौतम, सुशीला आचार्य, महेशकुमार न्यौपाने, हरिप्रसाद पौडेल, धनसिंह गिरी, कुलबहादुर ओली, नरेशजङ्ग राणा, देवेन्द्र रिजाल, शरद गौतम, चन्द्रप्रकाश देवकोटा, नगेन्द्रकुमार शर्मा, सुनिल पोखरेल, केशवराज रिजाल, कपिल किशोर घिमिरे, वीणा रोका, विक्रम ओली ‘नेपाली बाबु’, नारादप्रसाद भण्डारी, गोपाल भुसाल ‘अभिलाषी’, दामोदर पौडेल, सुनिलकुमार देवकोटा, रिमा गौतम, पार्वती डाँगी, रामहरि शर्मालगायतको उपस्थिति रहेको थियो ।

संस्थाको तर्फबाट ‘देउखुरीको माटो’ कविता संग्रहका लेखक शेषमणि शर्मा घिमिरेलाई प्रशंसापत्रले सम्मान गरिएको थियो भने परिवारको तर्फबाट लेखकका भाइ पुरुषोत्तम शर्मा घिमिरेले धन्यवाद मन्तव्य राखेका थिए । परिषदका जिल्ला उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम केसीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्