विनोदको ‘मेरो बिहानी’ बिमोचन – Kanika Khabar
Saturday, April 20Nepali News Portal

विनोदको ‘मेरो बिहानी’ बिमोचन

    मा प्रकाशित

अमरराज आचार्य
साउन १६, दाङ ।

Image may contain: 6 people, people standing and indoor
कवि विनोद पोख्रलेको पहिलो कविता सङग्रह ‘मेरो बिहानी’ कविता सङग्रको विमोचन गरिएको छ । लेखक संघ दाङले शुक्रवार एक कार्यक्रमको आयोजना गरि कविता सङग्रहको विमोचन गरिएको हो । पुस्तकको विमोचन समाजिक अगुवा एकराज शर्मा, वरिष्ठ नारायणप्रसाद शर्मा, प्राध्यापक गदाधर पौडेल र प्राज्ञ उतमकृष्ण मजगैयाले गरेका हुन । पुस्तक विमोचन पुस्तकको समीक्षा गदै डा.हिमलाल पन्थीले पोख्रेलको कविता सङग्रहको साहित्यिक विहानी सुरु भएको बताए ।
बिहानीले सुरुआतको सङकेत गर्ने उनको भनाइ रहेको छ । कविता सङग्रहमा समाज रुपान्तरण, मनोविश्लेषण तथा भोगाइहरु आत्मसात् गरिएको उल्लेख गरे । पोख्रेलले जीवनको भोगाइ खोतल्ने प्रयास गरेको उनको भनाइ रहेको छ । र्सिजना गर्ने सजिलो नभएको सिर्जना भएकोलाई प्रकाशन गर्ने झनै समस्या रहेको उनको भनाइ रहेको छ । कार्यक्रममा वोल्दै सामाजिक अगुवा एकराज शर्माले अगाडि वढन खोज्ने व्यक्तिको खुट्टा तान्ने प्रवृत्ति रहेको भन्दै त्यसको अन्त्य हुनुपर्ने बताए । यस प्रकारको प्रवृत्ति हरेक क्षेत्रमा रहेको उनको भनाइ रहेको छ । ‘खुट्टा तान्ने प्रवृत्ति राम्रो होइन यसको अन्त्य हुनु पर्दछ ’ एकराजले भने ।
साहित्यकार तथा प्रेस काउन्सिलका पूर्व अध्यक्ष नारायणप्रसाद शर्मा, डा कृष्णराज डि सी, प्राध्यापक गदाधर पौडेल, राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनाल, वरिष्ठ साहित्यकार गिरीराज शर्मा, डा. जनार्दन आचार्य, साहित्यकार सरीता देवकोटा, प्राज्ञ उतमकृष्ण मजगैया, लेखक संघका संस्थापक अध्यक्ष शकर पौडेल, साहित्यकार किरण आचार्य लगायतकाले भनाइ राखेका थिए भने भिडियो मार्फत साहित्यकार वलदेव शर्मा मज्गैया, वरिष्ठ पत्रकार भगीरथ योगी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा, वरिष्ठ साहित्यकार डा.नवराज लम्साल लगायतकाले शुभकामना दिएका थिए ।
कार्यक्रम लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षतामा भएको थियो । लेखक विनोद पोख्रेलको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई धन्यावाद ज्ञापन उपाध्यक्ष गोविन्द्र पौडेलले दिएका थिए । कार्यक्रमको सहजीकरण संघका सचिव हुमवहादुर डिसीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्