गजल – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

गजल

    मा प्रकाशित


फुटे धैर्यको बाँध संयम रहन्न
दूरी झैं कुनै चीज निर्मम रहन्न

कोही होस् अगाडि पिछा गर्न लायक
कुनै ठाउँ बस् फेरि दुर्गम रहन्न

सही झूट के हो भनी पीर मान्छौं
गरे भ्रमको संगत कुनै भ्रम रहन्न

खुशी आत्मसन्तुष्टि हो भन्न चाहेँ
धेरै खोज्नथाले कमी कम रहन्न

म तिम्रो नजरबाट गिर्दा यो सोंच्नू
कुनै बोटमा फूल हर्दम रहन्न

( लालकाजी श्रेष्ठ)

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्