कोरोनालाई कृषि तथा दुग्ध उत्पादन बृद्घि गर्ने अवसरको रुपमा प्रयोग गर्न पूरा गर्नुपर्नेे पूर्वशर्तहरु – Kanika Khabar
Friday, April 26Nepali News Portal

कोरोनालाई कृषि तथा दुग्ध उत्पादन बृद्घि गर्ने अवसरको रुपमा प्रयोग गर्न पूरा गर्नुपर्नेे पूर्वशर्तहरु

    मा प्रकाशित

चीनको उहान शहरबाट सुरु भएको कोरोना भाईरसको संक्रमण संसारभर फैलिएर महामारीको रुप लिए संगै यसले बिभिन्न क्षेत्रमा पार्न सक्ने प्रभावहरुको बारेमा चारै तिर नयाँ बहसको थालनि भएको छ । यस महामारीको अन्त अझै अनिस्चित रहेको हुँदा यसको असर कुन हद सम्म होला भनेर ठ्याक्कै आँकलन गर्न सक्ने अवस्था छैन । तर पनि यसले कृषि लगाएतका धेरै क्षत्रमा ठूलो उथलपुथल ल्याउँदै छ भन्ने कुराको अनुमान गर्न भने यो महामारीको अन्तलाई पर्खनु पर्नेछैन । नेपालको पारम्पारिक कृषि र दुग्ध उत्पादनमा कोरोनाको नकारात्मक प्रभाव पर्न नदिन, बरु यसबाट उत्पन्न परिवेशलाई उत्पादन बृद्घि गर्ने अवसरको रुपमा परिनत गर्न आगामी दिनहरुमा के के पूर्वशर्तहरु पूरा गर्नु पर्ने हुन्छ भन्ने चर्चा गर्न यो लेख तयार पारिएको छ ।

इतिहासले देखाउँछ कि संकटले नै हामीलाई हाम्रो जिवन शैली तथा काम गर्ने तरिकाको बारेमा पुनर्बिचार गर्ने अवसर जुटाउँछ । यो अर्थमा भन्नु पर्दा कोरोनाको महामारी हामीलाई हाम्रो कृषि प्रणालीको बारेमा पुनर्बिचार गर्ने तथा आवश्यक सुधार गर्दै कृषिको नयाँ युगमा प्रबेश गराउने मार्ग हुन सक्छ । जसको लागि पूरा गर्नु पर्नेे पूर्वशर्तहरु यस प्रकार रहेका छन्ः

१. जलश्रोतको धनी मुलुक भए पनि सिंचाई योग्य जमिनको एक तिहाई भागमा मात्र बर्षैभरी सिंचाईको पहुँच रहेको छ । त्यसैले सिंचाईको बिस्तारमा जोड दिन अनिवार्य छ ।

२. कोरोनाले गर्दा बिदेशिएका लाखौँ युवाहरु गाउँमा फर्कने अनुमान गर्न सकिन्छ । त्यसैले युवाहरुलाई आकर्षित गर्ने खालको कृषि नीति ल्याउन अपरिहार्य देखिन्छ ।

३. मल, बिउ तथा किट नाशक औषधिको प्रभावकारी उपलब्धताको लागि केन्द्र सरकारले स्थानीय निकायहरु तथा आयात गर्ने मुलुकहरुसंग तत्कालै आवश्यक समन्वय गर्न जरुरी छ ।

४. उत्पादन पुर्ब नै कृषि उत्पादनको न्यूनतम् मुल्य तोकिदिनकोे साथै किसानको स्वास्थ्य बिमा तथा कृषि बिमाको उचित व्यवस्था मिलाउने ।

५. किसानलाई आवश्यकता अनुसार सहज रुपमा अनुदान तथा क्रृण दिने व्यवस्था मिलाउनु का साथै गरिब किसानहरुको लागि निःशुल्क मल, बिउ तथा किट नाशक औषधि उपलब्ध गराउने व्यवस्था मिलाउने ।

६. कृषिको आधुनिकीकरण एवं ब्यवसायिकिकरणमा जोड दिदै कृषिमा प्रबिधिको प्रयोग मार्फत किसान र बजार दुबैलाई न्याय गर्दै कृषिको नयाँ युगमा प्रबेश गर्ने आधार निर्माण गर्ने तर्फ पहल गर्ने ।

७. कृषि र दुग्ध उत्पादनको लागि विभिन्न स्तरमा समुचित भन्डारण सुविधाहरु तथा उपभोक्ताको सरल पहुँच मुलक वितरण प्रणालीहरुको तीव्र विकाश गर्न अग्रसर हुने ।

८. लामो समय सम्म संचित गर्न नसकिने किसिमका उत्पादनहरुको (कृषिजन्य, फलफूल, दुध, मासु, माछा, आदि) लागि प्रषोधन कारखानाहरु स्थापना गर्ने तर्फ पहल गर्ने ।

(दुवै लेखकहरु जलश्रोत तथा सिंचाई विज्ञ हुन्)

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्