मा प्रकाशित
कनिका खबर
साउन १६, दाङ ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय घुस लिएको आरोपमा पक्राउ परेका छन्। । गोप्य सूचनाका आधारमा प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई पक्राउ गरिएको हो ।
उपाध्यायसंग एक लाख ४० हजार नगद र आठ लाख बैंकमा जम्मा गरेको भौचर बरामद गरिएको छ । । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई शुक्रबार साँझ नागढुंगामा पक्राउ गरेको हो ।