कनिका खवर
साउन १७, दाङ ।
बाजुराको बुढिनन्दा नगरपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्रले द्रुत परीक्षण विधि (आरडीटी) गरेको प्रति ब्यक्ति १ हजार ४ सय रुपैया लिदै आएकोछ । पछिल्लो समय हवाइ जहाज हुदै यात्रा गर्ने यात्रुका लागि अनिवार्य आरडीटी गर्नुपर्ने नियम बनाएपछि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले सो रकम असुलेको हो । जिल्लामा आउने र जिल्ला बाहिर जानेहरुको आरडिटी परिक्षणको १ हजार चार सय शुल्क लिदै आएको स्थानीयले बताएकाछन् । नगरपालिकाले आफैले किट खरिद गरेको हुँदा आन्तरीक आय स्रोत हुने गरी प्राथमिक स्वास्थ्य केन्द्रले रकम लिएको बुढीनन्दा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामदत्त न्यौपानेले बताए । नगरपालिकाकाले १ हजार ३५० मा आरडिटी किट खरीद गरेको भए पनि आफुहरुले १ हजार ४ सय शुल्क लिने गरेको नगरपालिकाका कोभिड १९ फोकल पर्सन ओमजङग शाहीले बताए । जहाजबाट जिल्ला वाहिर जाँदा र आउँदा अनिवार्य आरडिटि चेक गर्नुपर्ने भए पछि नगरपालिकाले शुल्क लिने निर्देशन दिएकाले शुल्क लिन गरेको उनले जानकारी दिए । लकडाउन खुलसँगैे प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा आरडिटि चेक गर्नेको संख्या बढेकोछ ।
मा प्रकाशित