रोटरीको अन्तर क्लब स्तरीय प्रशिक्षण – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

रोटरीको अन्तर क्लब स्तरीय प्रशिक्षण

    मा प्रकाशित

कनिका खबर
साउन १७, दाङ ।
सामाजिक क्षेत्रमा काम गर्दै आएको रोटरी क्लवहरुको अन्तर क्लव स्तरीय प्रशिक्षण कार्यक्रम दाङको घोराहीमा आयोजना गरिएको छ । रोटरी क्लव अफ दाङको आयोजनामा रोटरी क्लव अफ तुलसीपुर, रोटरी क्लव अफ लमही र रोटरी क्लव अफ धनगढी विच अन्तर क्लव स्तरीय प्रशिक्षण कार्यक्रम घोराहीमा आयोजना गरिएको हो ।

रोटरी क्लव अफ दाङका अध्यक्ष डा. चेतनारायण पाण्डेको अध्यक्षता एवं डिष्ट्रक गभर्नर राजिव पोख्रेलको प्रमुख आतिथ्यता र डिष्ट्रक ट्रेनिङ कमिटी चियर म्यान राजेन्द्र शाक्य र कार्यक्रम संयोजक टोपलाल पोख्रेलको विशिष्ट आतिथ्यतामा प्रशिक्षण कार्यक्रमको उद्घाटन गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि पोख्रेल र विशिष्ट अतिथि शाक्यले रोटरीलाई सामाजिक विकासको सहयात्री बनाएर अघि बढाउन आग्रह गरे । समाजका अनेक पक्षलाई सवल र सक्षम बनाउनु रोटरीको प्रमुख दायित्व भएको भन्दै सहकार्यबाट अघि बढ्न सुझाब दिए ।

रोटरीको मूल्य मान्यता भनेकै सामाजिक विकास, रुपान्तरण भएको भन्दै उहाँहरुले समाज सेवालाई केन्द्रमा राख्न आग्रह गरे । कार्यक्रममा प्रशिक्षकहरु लक्षण ज्ञवाली, राजकुमार गुप्ता, खिमबहादुर कार्की, राजेन्द्रबहादुर जिसी र नरबहादुर श्रीसले चार वटै क्लवका पदाधिकारीहरुलाई रोटरीको काम, कर्तव्य र सामाजिक उत्तरदायित्वका बिषयमा प्रशिक्षण दिएका थिए ।

संस्थाको चिनारी, आन्तरिक सञ्चालक विधि र समाजमा गर्नुपर्ने काममा समन्वयकारी भूमिकाका विषयमा तालिम दिईएको हो । रोटरी क्लव अफ दाङका क्लब एडमिनिष्ट्रेशन कमिटी चियर पदमकुमार केसीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण सह सचिब रोशन दाहालले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्