भारतमा हालसम्मकै धेरै कोराना सङ्क्रमित फेला – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

भारतमा हालसम्मकै धेरै कोराना सङ्क्रमित फेला

    मा प्रकाशित

कनिका खवर
साउन १७, दाङ
विश्वकै तेस्रो कोरोना सङ्क्रमणका कारण प्रभावित मुलुक भारतमा एकैदिन हालसम्मकै धेरै कोराना सङ्क्रमित फेला परेका छन् । भारतमा पछिल्लो समय प्रत्येक दिन कोरोना सङ्क्रमणको नयाँ रकेर्ड कायम हुँदै गएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा हालसम्मकै धेरै ५७ हजार १ सय १७ जना नयाँ सङ्क्रमित फेला परेका छन् । योसँगै भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या १७ लाख १ हजार ३ सय ७ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा ७ सय ६४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ३६ हजार ५ सय ८३ पुगेको छ

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्