डुङगा दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते – Kanika Khabar
Sunday, April 27Nepali News Portal

डुङगा दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

    मा प्रकाशित

कनिका खवर
साउन १७, दाङ ।
सुनसरीको बराहाक्षेत्र नगरपालिका–१ कोशीगढमा आज भएको डुङ्गा दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय बराह क्षेत्रका अनुसार मृत्यु हुनेमा भोजपुर आपचोक गाउँपालिका–८ का २० वर्षीय राजकुमार राई रहेका छन् ।
दुर्घटनामा परेर भोजपुर आपचोक गाउँपालिका–८ का शङकर राई र अजय राई घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बराह क्षेत्रबाट उदयपुर हँुदै भोजपुर जाने क्रममा डुङ्गा दुर्घटना हुँदा राजकुमारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बराह क्षेत्रका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।
मृतक राईको शव परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्