रोल्पामा कुटेर एक युवाको हत्या, १४ जना पक्राउ – Kanika Khabar
Monday, April 21Nepali News Portal

रोल्पामा कुटेर एक युवाको हत्या, १४ जना पक्राउ

    मा प्रकाशित

कनिका खवर
साउन १८, दाङ ।
रोल्पाको रुन्टिगढी गाउँपालिका–६ सालबाङमा कुटपिटबाट एक युवकको हत्या भएको छ ।
हत्या अभियोगमा १४ युवालाई जिल्ला प्रहरी कार्यालय रोल्पाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय युवा भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु, धनसिंह बुढाथोकी, कमल बस्नेत, प्रकाश बुढा, ठगेन्द्र बुढा, प्रेम बुढा, तिलबहादुर चलाउने र हीराबहादुर बुढाथोकी रहेका छन् ।
सोही ठाउँका २४ वर्षीय ईश्वर बस्नेतले छिमेकी गाउँका टेकबहादुर बुढालाई गोठबाट घर फर्कँदै गर्दा शनिबार राति लुटेको आरोपमा कुटपिट गर्दा उनको मुत्यु भएको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।
आरोपित बस्नेतले पाँच हजार रूपैयाँ र घडी लुटेको भन्दै कुटपिट भएको बताइएको छ । इलाका प्रहरी कार्यालय होलेरीका अनुसार बस्नेतलाई उपचारका लागि अस्पताल लैजादै गर्दा शनिबार मृत्यु भएको थियो । घटनाकाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । – रासस ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्