भोलिदेखि पर्सामा अनिश्चितकालीन निषेधाज्ञा जारी हुने – Kanika Khabar
Saturday, April 27Nepali News Portal

भोलिदेखि पर्सामा अनिश्चितकालीन निषेधाज्ञा जारी हुने

    मा प्रकाशित

कनिका खवर
साउन १८, पर्सा
पर्सा जिल्लाभरि नै भोलिदेखि निषेधाज्ञा लागु हुने भएको छ । कोरोना सङ्क्रमण तीब्र बनेपछि स्थानीय प्रशासनले जिल्लाभरि नै निषेधाज्ञा लगाउने तयारी गरेको हो । यसअघि स्थानीय प्रशासनले ६ दिनदेखि वीरगञ्ज महानगर क्षेत्रभित्र मात्रै निषेधाज्ञा लगाउँदै आएको थियो । परिस्थिति जटिल बन्दै गएकाले जिल्लाभरि नै निषेधाज्ञा लागु गर्ने निर्णय गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाभरि नै अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । पर्सामा गएको तीन सातामा कोरोना सङ्क्रमणको कारण ११ जनाको मृत्यु भइसकेको छ । झण्डै तीन सय सङ्क्रमित उपचार गराइरहेका छन् । बैठकपछि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जारी गरेको सूचनामा निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन स्थानियलाई आग्रह गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्