बाह्रविसे–कोदारी सडकखण्ड निर्माणको अन्तिम चरणमा – Kanika Khabar
Sunday, April 27Nepali News Portal

बाह्रविसे–कोदारी सडकखण्ड निर्माणको अन्तिम चरणमा

    मा प्रकाशित

कनिका खवर
साउन १८, सिन्धुपाल्चोक
असार २५ गते राति आएको बाढीपहिरोले कटान गरेको अरनिको राजमार्ग अन्र्तगत बाह्रविसे–कोदारी सडकखण्ड निर्माणको अन्तिम चरणमा पुगेको छ । अरनिको राजमार्ग अन्र्तगत बाह्रविसे माथी दर्जन बढी स्थानमा भोटेकोशी नदीले सडक कटान गर्दा यातयातका साधनहरु सञ्चालन हुन सकेको छैन । अरनिको राजमार्गको खुर्सानीबारी नजिकै ओडार कुना, खाग्गदलमा यस अघि नै अस्थाई रुपमा सडक मर्मत भएपछि यातायातका साधन सञ्चालन सुरु भइसकेको छ । सबैभन्दा समस्या रहेको जम्बुमा हेमपाइप राखेर अस्थाई रुपमा सडक निर्माण कार्य भइरहेको सडक कार्यालय चरिकोटका प्रमुख विजयकुमार महतोले जानकारी दिनुभयो । बाढीपहिरोले क्षतीग्रस्त सडक निर्माणमा सडक कार्यालय चरिकोट, बाह्रविसे नगरपालिका र तातोपानी नाकामा व्यापार व्यवसाय गर्दै आएका व्यापारीहरुले समेत सहयोग गरिरहेका छन् । बाढीपहिरोले सबैभन्दा बढी क्षती भएको जम्बुमा हेमपाइप राखेर तीन लाइनको कलर्भट निर्माण गरेर अस्थाई रुपमा सडक निर्माण गरिएको महतोले बताउनुभयो । आइतबार अर्थात् आजबाट सडक निर्माण सकेर यातयातका साधन समेत सञ्चालन हुने प्रमुख महतोले बताउनुभएको छ । सडक अवरुद्ध भएकाले जम्बुदेखि माथी जान नसकिएको र अब जम्बुको सडक सूचारु भएपछि त्यहाँ भन्दा माथी पनि सडक सफा गर्दै जाने उहाँले बताउनुभयो । अस्थाई रुपमा सडक निर्माण गरेर यातयातका साधन सञ्चालन भएसँगै स्थाई रुपमा सडक निर्माणका लागि प्रक्रिया सुरु भएको पनि उहाँले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्