अर्जुनधारा नगरपालिकामा पाँच दिनलाई लकडाउन घोषणा – Kanika Khabar
Thursday, November 7Nepali News Portal

अर्जुनधारा नगरपालिकामा पाँच दिनलाई लकडाउन घोषणा

    मा प्रकाशित

कनिका खवर
साउन १८, झापा
झापाको अर्जुनधारा नगरपालिकाले पाँच दिनको लागि लकडाउन अर्थात् बन्दाबन्दीको घोषणा गरेको छ । हिजो नगरपालिकाका एकजना स्थानीयमा कोरोना सङ्क्रमण देखिएसँगै सङ्क्रमण जोखिम नियन्त्रणका लागि भन्दै नगरले पाँच दिनको लागि बन्दाबन्दी गर्ने निर्णय गरिएको नगर प्रमुख हरिकुमार रानाले जानकारी दिनुभयो । वडा नं २ का एक पुरुषमा हिजो सङ्क्रमण पुष्टि भएको थियो । नीजि सवारीमा काठमाण्डौं जाने क्रममा प्रवेश बिन्दु साँगामा गत साउन १२ गते उनको पीसीआर परीक्षण भएको र हिजो प्राप्त नतिजामा कोरोना पुष्टि भएको खबर आएको नगरप्रमुख रानाले बताउनु भयो । नगरप्रमुख रानाले भन्नुभयो, “हामीलाई समेत पत्तै भएन, एकैचोटी स्वास्थ्य कार्यालयबाट खबर प्राप्त भयो, लगत्तै संक्रमितलाई सम्पर्क गरी आइसोलेशन कक्ष पठाउने व्यवस्था मिलायौं ।” परीक्षणको नतिजा ढिलो आउँदा सङ्क्रमणको जोखिम झनै बढेको उहाँको भनाइ छ । तत्काल नगरपालिकाको आकस्मिक बैठक बसी साउन १८ गते बिहानदेखि २२ गते विहीबार रातीसम्म पाँच दिनका लागि नगरभित्रको सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय भएको प्रमुख रानाले बताउनुभयो । उहाँका अनुसार नगरभित्र सरकारी कर्मचारी र बैंकमा काम गर्ने कर्मचाारीको हकमा मोटरसाइकलमा एकजना मात्र यात्रा गर्ने, खाद्य सामग्री, सागसब्जी, लगायतका अत्यावश्यक पसलहरु समेत बिहान ८ बजेदेखि ११ बजेसम्ममात्र सञ्चालन गर्ने, नगरपालिका तथा वडाहरुबाट दिइने सम्पूर्ण सेवाहरु समेत बन्द गर्ने निर्णय भएको छ । उक्त ५ दिनको अवधिभर स्वास्थ्य कार्यालय झापा सहितको टोलीले कन्ट्याक टे«सिङ गरी स्वाब सङ्कलन गर्ने, सङ्क्रमित ब्यक्तिको सम्पर्कमा आएका सबैको पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाईने छ । नगरपालिकाले तत्काललाई १ हजार पीसीआर परीक्षण किट खरिद गर्ने समेत निर्णय गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्