नेपालमा सबैभन्दा बढी कोरोना सङ्क्रमित रहेको दोस्रो प्रदेश बन्यो सुदूरपश्चिम – Kanika Khabar
Friday, April 19Nepali News Portal

नेपालमा सबैभन्दा बढी कोरोना सङ्क्रमित रहेको दोस्रो प्रदेश बन्यो सुदूरपश्चिम

    मा प्रकाशित

कनिका खवर
साउन १८, डडेलधुरा
सुदूरपश्चिम प्रदेश देशका ७ वटा प्रदेशमध्ये सबैभन्दा बढी कोरोना सङ्क्रमित फेला परेको प्रदेशमा दोस्रोमा छ । प्रदेश २ पछि नेपालमा सबैभन्दा बढि कोरोना सङ्क्रमित सुदूरपश्चिममा रहेका हुन् । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ हजार ५ सय २४ पुगेको छ । प्रदेशमा सबैभन्दा बढि कैलालीका १ हजार ६२ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै डोटीका ७ सय ७०, अछाममा ६ सय ७८, बाजुराका ६ सय १९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । कञ्चनपुरका ५ सय ४४, डडेल्धुराका ३ सय ९, बैतडीका २ सय ९५, बझाङका २ सय ९ र दार्चुलाका ३८ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएका ३ हजार बढि डिस्चार्ज भएर घर फर्किएका छन् भने ९ जनाको मृत्यु भईसकेको छ । सुदूरपश्चिमभन्दा बढि सङ्क्रमण पुष्टि भएको प्रदेश नम्बर २ मा ५ हजार १ सय ५५ कोरोना सङ्क्रमित रहेका छन् । प्रदेश नम्बर ५ मा ४ हजार ३ सय ६५, कर्णाली प्रदेशमा २ हजार १७, गण्डकी प्रदेशमा १ हजार ५ सय ८१, बाग्मती प्रदेशमा १ हजार १ सय ४ र प्रदेश नम्बर १ मा १ हजार ५१ जनामा कोरोना पुष्टि भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्