पहिरोले मुहान बगाउँदा कोल्टीमा एक सातादेखि खानेपानीको समस्या – Kanika Khabar
Thursday, April 25Nepali News Portal

पहिरोले मुहान बगाउँदा कोल्टीमा एक सातादेखि खानेपानीको समस्या

    मा प्रकाशित

कनिका खवर
साउन १८, बाजुरा
बाजुराको बुढीनन्दा नगरपालिकामा एक सातादेखि खानेपानीको अभाव भएको छ । नगरपालिकामा सञ्चालनमा रहेको कोल्टी बृहत खानेपानीको मुहान पहिरोले बगाएपछि खानेपानीको समस्या भएको हो । निरन्तरको वर्षाका कारण कोल्टी बृहत खानेपानीको मुहानमा पहिरो आई पाईप लाईन विच्छेद भएकोले कोल्टीमा खानेपानीको अभाव भएको स्थानीयले बताएका छन् । कोल्टीबाट झन्डै दुई किलोमिटर टाढा रहेको सो खानेपानीको मुहान बेला बेला बिग्रिने समस्याले स्थानीयलाई हैरान बनाएको छ । एक गेलेन पानी ल्याउनका लागि करिब एक घण्टाको पैदल हिडेर खानेपानीको जोहो गर्नुपरेको स्थानीय शुकविर कडाराले गुनासो गर्नुभयो । खानेपानीका पाईप लाईन भिरालो र चट्टनमा छ, पहिरोले बगाएर खोला पु¥याएको पाईपलाई बोकेर जोड्न समस्या हुँदा खोनपानी मर्मतमा ढिलाई भएको उपभोक्ता समितिका सचिव सर्पदेव बोगटिले बताउनुभयो । बुढीनन्दा नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को साउनदेखि खानेपानीलाई थप प्रभावकारी बनाउने योजना अघि सारेको भए पनि त्यो प्रभावकारी हुन नसकेको नागरिकले गुनासा गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्