लमजुङमा डेँगुको संक्रमणदर बढ्दै, तीन दिनमा तीनजनामा सङ्क्रमण – Kanika Khabar
Thursday, April 25Nepali News Portal

लमजुङमा डेँगुको संक्रमणदर बढ्दै, तीन दिनमा तीनजनामा सङ्क्रमण

    मा प्रकाशित

कनिका खवर
साउन १८, लमजुङ
लमजुङमा पछिल्लो समय डेँगुको सङ्क्रमण बढेको छ । बुधबार, बिहीबार र शुक्रबार तीन दिनमा तीनजनामा डेँगुको सङ्क्रमण देखिएको लमजुङ जिल्ला सामुदायिक अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार बुधबार बेसीसहर नगरपालिका– ३ का १७ वर्षीया किशोरीमा डेँगुको सङ्क्रमण देखिएको हो । यस्तै बिहीबार बेसीसहर नगरपालिका– ९ का २१ वर्षीय पुरुषमा र शुक्रबार बेसीसहर नगरपालिका– ८ का २९ वर्षीय पुरुषमा डेँगुको सङ्क्रमण देखिएको छ ।

टाउको दुख्ने र उच्च ज्वरो आउने समस्यापछि अस्पतालमा आएका तीनैजनाको परीक्षण गर्दा डेँगुको सङ्क्रमण देखिएको अस्पताल प्रमुख श्रेष्ठले बताउनुभयो । स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले पछिल्लो समय तीनजनामा सङ्क्रमण देखिएको र उनीहरूको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो । दवाडीका अनुसार यसअघि असार ३० गते क्व्होलासोंथर गाउँपालिका २ मालिङ घर भई बेसीसहर नगरपालिका– ७ घलेगाउँचोक बस्ने २९ वर्षीया महिलामा डेँगु देखिएको थियो । आर्थिक वर्ष ०७६÷७७ मा जिल्लामा पाँच जनामा डेँगुको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख दवाडीको भनाइ छ । लामखुट्टेको टोकाइबाट सर्ने यो रोग एक व्यक्तिबाट अर्काे व्यक्तिमा सजिलै सर्न सक्ने भएकाले सचेत रहन स्वास्थ्य कार्यालय लमजुङले सबैमा आग्रह गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्