कोभिड १९ माथि कोरियाको आशालाग्दो अध्ययन – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

कोभिड १९ माथि कोरियाको आशालाग्दो अध्ययन

    मा प्रकाशित

बैशाख २०, दाङ ।

[विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना भाइसरले विश्वभर नै चिन्ता सिर्जना गरेको छ । विश्वका हरेक देशका वैज्ञानिक तथा स्वास्थ्य क्षेत्रका व्यक्तिहरुले कोरोना भाइरसको निदानका अनुसन्धान गरिरहेका छन् । यतिबेला विश्वभरि नै एउटै साझा चिन्ता र साझा बहस भएको कोभिड १९ । यसैबिच पछिल्लो समयमा कोरियाले कोभडि १९ का बारेमा केही आशा लाग्दो अध्ययन अनुसन्धान सार्वजनिक गरेको छ । केन्ट सेप्कोविट्जको सीएनएनमा छापिएको सामग्रीको नेपाली भावानुवादलाई यहाँ प्रकाशन गर्ने जमर्को गरेका छौँ । ]

अहिले अमेरिकामा सबैभन्दा जटिल बनेको मुद्दा एकै ठाउँमा रोकिएका सहरहरुलाई कहिले, कहाँ र कसरी पूर्णरुपमा खोल्ने भएको छ । हरेकलाई आफूले केही महिनाअघि आनन्दसँग बाँचिरहेको सामाजिक निकटताको जीवन बाँच्ने चाहना छ, तर यो संक्रामक रोग भएका कारण व्यक्तिगत सुरुक्षा र सामाजिक सुरक्षालाई व्यवस्थित गराउने पर्याप्त चुनौती छ ।

भाग्यवश, केही समयअघि सिडिसी मेडिकल जर्नलमा दक्षिण कोरियामा भएको आउन सक्ने नयाँ संक्रामक रोगहरुबारे भएको नयाँ अध्ययन छापिएको छ । ‘कल सेन्टर, दक्षिण कोरियामा कोरोना भाइरस रोगको प्रकोप’ शीर्षकमा छापिएको सामग्रीले दक्षिण कोरियाले सिओलको एक व्यस्त भागमा भएको अग्लो बिल्डिङबाट यो प्रकोपको सुरुवात हुँदा कसरी सम्पूर्ण बिल्डिङलाई बन्द गरेर, अत्यधिक परीक्षण र संक्रमित र उनीहरुसँग सम्पर्कमा आउनेलाई क्वारेन्टाइनमा राखेर प्रकोपलाई नियन्त्रण गरेको थियो भन्ने कुरालाई व्याख्या गरेको छ । कोरिया सेन्टर फर डिजिज कन्ट्रोल उण्ड प्रिभेन्सन, सिओल महानगरीय सरकार र अन्य स्थानीय संस्थानहरुका विज्ञहरुले यो अध्ययन गरेका छन् ।

एउटा विल्डिङबाट सुरु भइ कोभिड १९ को नियन्त्रण र पहिचानलाई चालिएका कदमहरु कसरी राम्रोसँग यो प्रकोपसँग जुध्ने भन्ने सोचिरहेका स्थानीय र राष्ट्रिय नीति निर्माताहरुको निम्ति ब्लुप्रिन्टको रुपमा काम गर्न सक्छ ।

पहिलोपटक मार्च ८, २०२० मा प्रकोप थाहा भएको थियो । लगभग दुई हप्ताअघि दक्षिण कोरियाले दक्षिणी सिओलबाट १५० माइल टाढा दाइगु सहरमा रहेको सिन्चीओन्जी चर्चको प्रदर्शनीबाट राष्ट्रव्यापी प्रकोप सुरु भएको थाहा पाएको थियो । दक्षिण कोरियामा पुष्टि भएकामध्ये आधा जति केसहरु यही चर्चबाट सुरु भएको प्रकोपसँग जोडिएका थिए ।

सार्स र मर्सजस्ता अघिल्ला प्रकोपबाट सूचित भएपछि दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुसँग परिपक्क प्रणाली थियो, जसले कल सेन्टरमा पहिलो केस पुष्टि हुनासाथ उचित कदमहरु अपनाउन सघायो । एक रेस्पोन्स टिमले तत्कालै संक्रमित देखिएका १९ तले व्यापारिक–आवासीय भवनको अवस्थाको मूल्याकंन गरेको थियो ।

मार्च ९ गते, पहिलो केस देखिएको भोलिपल्टै पूरै भवनलाई बन्द गरिएको थियो । परीक्षणलाई द्रूत बनाएर तत्कालै १ हजार १ सय ४३ जनाको परीक्षण गरियो, जसमा उक्त भवनमा काम गर्ने, बस्ने र केही आगन्तुकहरु थिए, जसबाट संक्रमितको जानकारी संक्रमित स्वयं र परिस्थितिको नियन्त्रणको लागि खटिएको टिमलाई भयो ।
परीक्ष्णबाट ९७ जना (८.५ प्रतिशत) मानिसमा संक्रमण भएको देखियो । प्रायः ३० वरपरका महिलाहरु र ९७ जनामध्ये ९४ जना कल सेन्टर रहेको ११ तलामा काम गर्ने रहेका थिए ।

विगतबाट अहिलेसम्म देखिएका प्रकोपभन्दा विपरित चाखलाग्दो कुरा के छ भने संक्रमितमध्येका ९२ जनालाई उपचारको क्रममा मात्रै कोभिड १९ का लक्षण देखापरेको थियो ।

अनुसन्धानकर्ताहरुले को को संक्रमित भए र को को भएनन् भन्ने कुराको व्याख्या गरेर एउटा नक्सा तयार गरे, जसमा संक्रमितमध्येका अधिकांशहरु ११ तलाको एक छेउमा काम गरिरहेको देखिएका थिए । ११ तलामा काम गर्नेमध्ये पनि संक्रमण भएकाहरुमध्ये ४३ प्रतिशत कामदारमा संक्रमण अत्यधिक देखिएको थियो ।

त्यसपछि दक्षिण कोरियाली टिमले संक्रमण भएको पुष्टि भएका ९७ जनाको परिवार र आफन्तको परीक्षण गरेको थियो । जसमध्ये १६ प्रतिशतमा पोजेटिभ देखिएको थियो । अच्चमको कुरा त पूर्व लक्षण देखिने र लक्षण नै नदेखिएका संक्रमितहरुको १५ परिवारमा कुनै किसिमको संक्रमण देखिएन । यसले संक्रमण लक्षण नदेखिँदा पनि फैलनसक्ने कुरामा पनि सोच्न लगायो ।

बहसको क्रममा दक्षिण कोरियाली अनुसन्धानकर्ताहरुले आफ्नो कामले सिओल सहरको व्यवसायमा पर्नसक्ने असरबारे छलफल गरेका थिए । उनीहरुले पष्टि भएका केसहरु ‘धेरै मात्रामा काम गर्ने वातावरण’ भएको ठाउँमा देखिएको र प्रायः एउटै तलामा मात्रै फैलिएको कुरामा प्रकास पारेका थिए ।

तर, उनीहरुले आफूले हासिल गरेको काममा आफैंलाई श्रेय दिएनन् । काम गर्ने ठाउँमा भएका कुर्सीहरु बीचको दूरी र भाइरसको एक्सपोजरको समय संक्रमण फैलिनसक्ने जोखिमका महत्वपूर्ण पाटाहरु थिए । तर, संक्रमण नदेखिएका मानिसहरुलाई आफ्नो व्यवसायलाई सञ्चालन गर्न दिँदा उनीहरुमा पनि संक्रमण फैलिनसक्ने जाखिम थियो, जसले अर्को केस हुनसक्थ्यो ।

अधिकारीहरुले एक हप्तामात्रै पर्खिएको भए अहिले संयुक्त राज्यमा मासुको प्रसोधन गर्ने ठाउँबाट महामारी फैलिएको जस्तै संक्रमण परिवार, साथीभाइ, सहकर्मीसम्म फैलिने धेरै सम्भावना थियो । भाइरसले कुनै पर्खालबारे जान्दैनः सिओलमा जस्तो कदम नचालिएमा कुनै व्यवसायमा संक्रमण फैलिएपछि त्यसले सम्पूर्ण समुदायमा नै संक्रमण पुग्छ ।

केही अमेरिकी अधिकारीहरुले सहरहरुलाई पुनः सञ्चालन गर्नुपर्छ भन्ने तर्क गर्नु भनेको रातारात केही पनि नभएको ठाउँमा व्यवस्थित सुविधा सम्पन्न डिपार्टमेन्टल स्टोर खोलेर सञ्चालन गर्छु भन्नुजस्तै हो, जुन वास्तवमा भ्रम हुनजान्छ । तर, दक्षिण कोरियाबाट आएको यो रिपोर्टले भने हामीलाई कसरी सामान्य जीवनमा फर्किन र अनिश्चित बनेको व्यवसायलाई सम्हाल्न सक्छौं भन्ने कुरा देखाएको छ ।

यसो गर्नको निम्ति निर्णय क्षमतामा तत्परता हुन आवश्यक देखिन्छ, जस्तो कि आवश्यक पर्दा पूरै भवनलाई बन्द गर्ने, द्रूत परीक्षण गरेर चाडोभन्दा भाडो रिपोर्ट निकाल्ने र अरुको हितको लागि आफू क्वारेन्टाइनमा बस्न मान्ने नागरिक हुनुपर्छ ।

यो खाकालाई अनुसरण मात्रै गर्ने हो भने पनि थर्थराइरहेको मुलुकलाई सामान्य अवस्थामा ल्याउने सम्भावना हुन्छ । अहिलेसम्म ६३ हजारभन्दा बढी मानिसको मृत्यु गराउने महामारीबाट भाग्न खोजेमा वा यो र त्यो पेय पदार्थ खाँदा निको हुने र धेरै आत्तिनु नपर्नेमात्रै भनिरहेमा यो झन् झन् डरलाग्दो स्थितिमा पुग्नेमात्रै नभएर यसले हामीलाई मार्च महिनाको पहिलो सातातर्फ फर्काउँछ, जब साँच्चै आकाश खसेको महसुस भइरहेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्