पहिरोका कारण महाकालीमा बिचल्ली : चार घर पुरिए, सात घर पहिरोको उच्च जोखमिमा – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

पहिरोका कारण महाकालीमा बिचल्ली : चार घर पुरिए, सात घर पहिरोको उच्च जोखमिमा

    मा प्रकाशित

कनिका खवर
साउन १८, दार्चुला 
महाकाली नगरपालिका वडा नम्बर २ मा पहिरोले स्थानीयको बिचल्ली भएको छ । शनिबार बिहान करिब साढे ६ बजेतिर मुल्ला मैखोली सडक नजिकैबाट खसेको पहिरोका कारण ११ परिवार बिस्थापित भएका वडा नम्बर २ का वडाध्यक्ष गौरसिंह शाहुले बताउनुभयो । मुल्ला–मैखोली सडक नजिकैबाट खसेको पहिरोले चार घर पुरिएका छन् । वडा नम्बर २ का कालु भुल, मनि भुल, करे भुल र ललित पार्कीको घर पहिरोले पुरेको वडाध्यक्ष शाहुले जानकारी दिनुभयो । त्यसैगरी अन्य ७ जनाको घर पनि पहिरोको उच्च जोखिममा परेको छन् । रुबी पार्की, अम्मरा पार्की, मानमति पार्की, हरकसिंह शाहु, पारस शाहु, शेरराम पार्की र जनक पार्कीको घर पहिरोको उच्च जोखिममा रहेको वडाध्यक्ष शाहुले बताउनुभयो । पहिरोले समस्यामा परेका परिवारलाई सुरक्षित स्थानमा सारिएको पनि नगरपालिकाले जानकारी दिएको छ । उनीहरूलाई अस्थायी बसोबासका लागि नजिकैको विद्यालयमा व्यवस्थापन गरिएको छ । पहिरोका कारण खानेपानीको पाइपलाई समेत बिच्छेद भएकाले अन्य बस्तीहरुमा पनि खानेपानीको अभाव भएको छ । यस्तै पहिरोले खेताबारीमा पनि ठूलो क्षति पु¥याएको छ । पहिरो खसेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोली घटनास्थलमा पुगेको थियो । सुरक्षाकर्मी, जनप्रतिनिधिहरु तथा स्थानीयले पहिरो पीडित परिवारको उद्वार गरेका हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्