कोरोनाबारे छलफल गर्न डब्लूएचओको आपतकालीन बैठक – Kanika Khabar
Friday, March 29Nepali News Portal

कोरोनाबारे छलफल गर्न डब्लूएचओको आपतकालीन बैठक

    मा प्रकाशित

कनिका खवर
साउन १८, दाङ
कोरोना भाइरसको संक्रमणलाई विश्व महामारी घोषणा गरेको ६ महिनापछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को आपतकालीन कमिटीको बैठक सम्पन्न भएको छ । बैठकपछि डब्लूएचओका प्रमुख (महानिर्देशक) डा. टेड्रोस एडहानम ग्रेब्रियससले अहिलेसम्म कोरोना संक्रमण विश्व महामारीकै रूपमा रहेको बताएकाछन् । डब्लूएचओले गत वर्ष जनवरी ३० तारिखमा कोरोनालाई विश्वव्यापी महामारी घोषणा गरेको थियो। यसपछि विश्वमा जुन स्थिति सिर्जना भएको छ, त्यसको आकलन गर्न डब्लूएचओको आपतकालीन कमिटीको बैठक बसेको हो । बैठकले अहिले पनि यो विश्वव्यापी महामारी नै रहेको निष्कर्ष निकालेको छ । डब्लूएचओका प्रमुख डा. टेड्रोसले सुरुमा जहाँ सङ्क्रमण कम देखिएको थियो, त्यहाँ अहिले रोग तीव्र गतिमा फैलिरहेको बताउनुभयो । तीन महिनापछि डब्लूएचओको पुनः आपतकालनी कमिटीको बैठक बस्ने र कोरोनाको स्थिति समीक्षा गर्ने तय भएको बीबीसीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्