अबैध गाँजा नष्ट गरियाे – Kanika Khabar
Thursday, September 28Nepali News Portal

अबैध गाँजा नष्ट गरियाे

    मा प्रकाशित

कपिल लामिछाने
साउन १८, दाङ ।

भुँयारथान टाेल सुरक्षा समिति तथा वडा नं १८ काे प्रत्यक्ष सहभागितामा दुधरासस्थित जीवराज डाँगीकाे घरमा रहेकाे करिब आधा कठ्ठाकाे अबैध गाँजा नष्ट गरिएकाे छ ।
भुँयारथान टाेल सुरक्षा समितिले आईतबार बिहान गरेकाे नाला सरसफाइ अभियानमा उक्त गाँजा भेटिएकाे टाेल सुरक्षा समितिका अध्यक्ष धन बहादुर बस्नेतले जानकारी दिए ।
जीवराज डाँगीले घरबारी सरसफाइ गर्ने क्रममा गाँजा जस्तै देखिने बाेटहरु देखेपछि तुरून्तै टाेल सुरक्षा समितिलाई जानकारी दिएकाे अध्यक्ष बस्नेतले बताए । गाँजा नष्ट गर्नका लागि डाँगीकाे घरमा पुगेकाे टाेल सुरक्षा समितिले करिव १ घण्टा लगाएर उक्त गाँजा नष्ट गरेकाे थियाे । टाेल सुरक्षा समितिका अध्यक्ष एवम् तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा सदस्य धन बहादुर बस्नेत लगायत टाेल विकास संस्था, टाेल सुरक्षा समितिले उक्त गाँजा नष्ट गर्नमा सहयाेग गरेकाे टाेल सुरक्षा समितिका अध्यक्ष बस्नेतले बताए । साथै उहाँले यस्ता किसिमका अबैध उत्पादनहरुलाई बन्द गर्नका लागी टाेल सुरक्षा समिति र वडा कार्यालय लागी रहेकाे पनि बताए।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्