नेपाल बैकको भरतपुर एक्सटेन्सन काउन्टरबाट सेवा सञ्चालन – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

नेपाल बैकको भरतपुर एक्सटेन्सन काउन्टरबाट सेवा सञ्चालन

    मा प्रकाशित

कनिका खबर

दाङ, १८ साउन ।

नेपाल बैक दाङ शाखाले घोराही उपमहानगरपालिका १५ भरतपुर महेन्द्र क्याम्पस नजिकको एक्सटेन्सन काउन्टरबाट आज आईतबार देखी सेवा सुचारु गरेको छ । दाङ शाखा प्रबन्धक सरोज उपाध्यायले ग्राहकले रकम जम्मा र निकाल्न सक्ने गरी आइतबारदेखि सेवा शुरु गरिएको र केही दिनमै औपचारिक उद्घाटन गरिने जानकारी दिए । महेन्द्र क्याम्पसका सहायक क्याम्पस प्रमुख सुदर्शन रिजालले रकम जम्मा गरेर आज आईतबारको सेवा शुरु गरेका छन् । महेन्द्र बहुमुखी क्याम्पसको अनुरोधमा दुई वर्ष अघिदेखि नेपाल बैकले भरतपुर क्याम्पस र पद्मोदय पब्लिक माध्यमिक बिद्यालय तथा घोराही १५, १७, ५, ६, ७ वडाका बासिन्दालाई लक्षित गरी एक्सटेन्सन काउन्टरको प्रयास थालिएको थियो । महेन्द्र बहुमुखी क्याम्पसले क्याम्पसलाई क्यासलेस बनाउने उद्देश्यले नजिक बैंक ल्याउनका लागि नेपाल बैकलाई पत्राचार गरी प्रयास थालेको थियो । क्याम्पसले दुई वर्ष अघि देखिको प्रयास सार्थक भएको भन्दै नेपाल बैकलाई धन्यबाद दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्