विवादपछि पशुपतिको गुरुयोजना एक महिनाका लागि स्थगित – Kanika Khabar
Thursday, April 25Nepali News Portal

विवादपछि पशुपतिको गुरुयोजना एक महिनाका लागि स्थगित

    मा प्रकाशित

कनिका खबर
साउन १८, काठमाडौं

पशुपति क्षेत्र विकास कोषले सञ्चालक परिषदबाट पारित गरेको गुरुयोजना संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तत्कालका लागि स्थगन गरेको छ । मन्त्रालयमा आज मन्त्री योगेश भट्टराई, पशुपति क्षेत्र विकास कोषका प्रतिनिधि तथा गुरुयोजनाको विरोधमा रहेकासहितको छलफलपछि अहिलेको गुरुयोजना एक महिनाका लागि स्थगन गर्ने सहमति भएको हो ।

मन्त्रालयले सरोकारवाल सबै पक्षसँग छलफलका लागि तीन सदस्यीय कार्यदल पनि बनाइएको छ । कार्यदलले सबै अहिले प्रस्तावित गुरुयोजनाको अध्ययन तथा सरोकारवाला सबैसँग छलफल गरेर आवश्यक परेमा परिमार्जनका लागि सुझाव दिने जिम्मेवारी पाएको छ । त्यसपछि मात्रै गुरुयोजनाको प्रक्रिया अघि बढ्ने छ । मन्त्रालयका संस्कृति महाशाखा प्रमुख, योजना र प्रशासन महाशाखा प्रमुख तथा पुरातत्व विभागका महानिर्देशक सम्मिलित कार्यदल गठन भएको गठन भएको हो ।

कार्यदलले महिनादिन भित्र पुरातत्वविद, संस्कृतिविद, स्थानीय बासिन्दा, सम्पदा तथा संरक्षणकर्मी, इतिहासविदसहितसँग छलफल गरेर प्रतिवेदन बुझाउने छ । यस अवधिसम्मका लागि हालको गुरुयोजना अनुसारको सबै काम रोकिएको छ । मन्त्रालयका प्रवक्तासमेत रहनुभएका सहसचिव कमलप्रसाद भट्टराई र सहसचिव प्रदीपकुमार कोइराला तथा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमसहितको कार्यदल बनाएको हो । छलफलमा मन्त्र भट्टराईले आवश्यक परेमा गुरुयोजना परिमार्जन गर्ने र प्राचीनता तथा पुरातत्वमाथि कुनै असर पर्न नदिने बताउनुभएको छ । छलफलमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव, कोषाध्यक्ष तथा गुरुयोजनाका संयोजक चेतोनाथ गौतमसहितको सहभागिता थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्