विदेशमा पछिल्लो एक सातामा २८ जना नेपालीको कोरोनाले मृत्यु – Kanika Khabar
Friday, March 29Nepali News Portal

विदेशमा पछिल्लो एक सातामा २८ जना नेपालीको कोरोनाले मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन १८, काठमाडौं

विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण विदेशमा पछिल्लो एक सातामा २८ जना नेपालीको मृत्यु भएको छ । भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जना नेपालीको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको हो । यससँगै कोरोना सङ्क्रमणका कारण विदेशमा एक सय ८९ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ । विश्वका ३८ देशमा रहेका नेपाली कोरोनाभाइरसको शिकार भएको र सबैभन्दा बढी भारतको महाराष्ट्रमा रहेका नेपाली रहेको बताउँदै संघले लण्डनबाट आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा लक्जम्बर्गमा पारिवारिक जमघटमा भेला भएका ३५ नेपाली एकैपटक सङ्क्रक्रमित भएको उल्लेख गरिएको छ । यसैबीच संघले हालसम्म कोभिड–१९का कारण विदेशमा अलपत्र ३७ हजार चार सय २४ जनालाई सम्बन्धीत देशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगलगायत अन्य स्थानीय निकायसँगको समन्वयमा स्वदेश फर्काइएको जनाएको छ । अलपत्र परेकालाई नेपाल फर्काउन ५४ उडानको व्यवस्था मिलाइएको पनि संघले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्