नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार नाघ्यो – Kanika Khabar
Friday, December 5Nepali News Portal

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार नाघ्यो

    मा प्रकाशित

कनिका खबर
साउन १९, दाङ ।
बितेको २४ घन्टामा दुई सय ४६ जना सङ्क्रमित भेटिएसँगै नेपालमा कोरोना सङ्क्रमितको हालसम्मको जम्मा सङ्ख्या २० हजार नाघेको छ । सङ्क्रमितको जम्मा सङ्ख्या २० हजार तीन सय ३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । २४ घण्टामा काठमाडौँ उपत्यकामा ३१ जना सङक्रमित थपिएका छन् भने २४ घन्टामा कोरोनामुक्त हुनेको सङ्ख्या एक सय ११ पुगेको छ । यो सँगै १४ हजार ६ सय तीन जना कोरोना सङक्रमित निको भएका छन् ।

मन्त्रालयले कोरोना परीक्षणसम्बन्धी मापदण्ड परिवर्तन गर्दै अब ज्वरो, खोकी, सास फेर्न कठिनाइका साथै स्वाद तथा गन्ध थाहा नपाउने र झाडापखालाका विरामीको पनि पीसीआर परिक्षण गनुपर्ने व्यवस्था गरेको छ । मन्त्रालयका प्रवक्ता गौतमले द्रुत परीक्षण अर्थात आरडीटी जाँच भने रोक्न निर्देशन दिइसकेको जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्