६ करोडले बढ्यो राजश्व संकलन – Kanika Khabar
Friday, March 29Nepali News Portal

६ करोडले बढ्यो राजश्व संकलन

    मा प्रकाशित

कनिका खबर
साउन १९, नुवाकोट ।
नुवाकोटमा अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष राजश्व संकलन बढेको छ । जिल्लामा यस वर्ष ६ करोड बढि राजश्व संकलन भएको हो । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण भएको लकडाउनको अवधिमा आर्थिक गतिविधि कम भए पनि त्यसले नुवाकोटमा राजश्व संकलनमा कुनै प्रभाव पारेको छैन ।
आर्थिक वर्ष सकिनुभन्दा चार महिना पहिले भएको लकडाउनको कारण राजश्व घट्ने अनुमान गरिए पनि करको दायरा फराकिलो भएकोले राजश्व संकलन वृद्धि भएको कोष तथा लेखा नियन्त्रण कार्यालय नुवाकोटले जनाएको छ । जस अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७६÷०७७ मा ६ करोड बढि राजश्व संकलन भएको हो । गत आर्थिक वर्षमा ४६ करोड ४१ लाख २१ हजार रुपैयाँ विभिन्न शिर्षकमा राजश्व संकलन संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक तथा सूचना अधिकारी युवराज डुम्रेले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्