अब कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार, उपचारका लागि १२ वटा अस्पताल तोकिए – Kanika Khabar
Thursday, April 25Nepali News Portal

अब कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार, उपचारका लागि १२ वटा अस्पताल तोकिए

    मा प्रकाशित

कनिका खबर
साउन १९, दाङ ।

राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले अब कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न जनाएको छ । उपचारका लागि अहिले १२ वटा अस्पताल तोकिएका छन् ।

नेपालमै पहिलो पटक कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट उपचार सफल भएपछि एनएचआरसीले देशभर यसलाई विस्तार गर्न लागेको हो ।

उपचारका लागि सरकारीतर्फ त्रिवि शिक्षण अस्पताल, पाटन, शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी, नारायणी र धुलिखेल अस्पताल छन् । त्यस्तै निजीतर्फ मेडिसिटी, ह्याम्स र ग्राण्डी अस्पताल कन्भलेसेन्ट प्लाज्माथेरापीबाट उपचारका लागि छनोट गरिएको छ ।
कन्भलेसेन्ट प्लाज्मा रिसिभर कोरोना संक्रमित, १८ वर्ष उमेर पुगेको रअस्पतालमा भर्ना भएको हुनुपर्नेछ । साथै स्वास्थ्य अस्वथा गम्भीर वा ज्यान जोखिममा पर्न सक्ने चिकित्सकको राय चाहिन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्