कनिका खवर
साउन १९, दाङ
कपिलवस्तुको बिजयनगर गाउँपालिकाका एक सय ६५ गरिब तथा विपन्न घरपरिवारका लागि शौचालय निर्माण गरिएको छ । केन्द्रीय राष्ट्रिय योजना आयोगको विशेष अनुदान अन्र्तरगत वडा न ६ का विभिन्न गाउँहरुमा शौचालय निर्माण भएको हो । वडाको खडौचा गाउँमा ११ वटा, बदौरमा ४६ वटा , प्रेमनगरमा १२ वटा , छुटपाटीमा ३४ वटा , खजानीमा १७ वटा, डेहवामा ३१ वटा, बिक्षिहवामा १५ वटा घरपरिवारमा शौचालय निर्माण भएको हो । ५० लाखको लागतमा निर्माण भएका शौचालय प्रयोग गर्न सुरु गरिएको छ । शौचालय निर्माण गर्न नसकेका गरिब तथा बिपन्न परिवारहरुको पहिचान गरि शौचालय निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले जानकारी दिए ।
मा प्रकाशित