एक वर्षको अवधिमा धादिङमा सवारी साधन दुर्घटनामा परी ५३ जनाको मृत्यु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

एक वर्षको अवधिमा धादिङमा सवारी साधन दुर्घटनामा परी ५३ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन १९, धादिङ ।
एक वर्षको अवधिमा धादिङमा सवारी साधन दुर्घटनामा परी ५३ जनाको मृत्यु भएको छ । २०७६ को साउनदेखि २०७७ असार मसान्त सम्मको अवधिमा धादिङ जिल्लामा १ सय २५ वटा सवारी दुर्घटना हुदाँ ५३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
मृत्यु हुनेमा ४० जना पुरुष, ९ जना महिला, ३ जना बालिका र १ जना बालक रहेका छन् । यस्तै दुर्घटनामा परी ३ सय ५४ जना घाईते भएका छन् । जसमा १ सय ४९ गम्भिर घाईते र २ सय ५ जना सामान्य घाईते भएको प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए । घाईते मध्ये २ सय ४७ जना पुरुष, ९० जना महिला, १५ बालिका र १० जना बालक, १ बालिका रहेका छन् । यस्तै मोटरसाईकल सबैभन्दा बढी ७४ वटा र सबैभन्दा कम ८ वटा ट्रयाक्टर रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्