विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख नजिक – Kanika Khabar
Thursday, April 25Nepali News Portal

विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख नजिक

    मा प्रकाशित

कनिका खबर
साउन १९, दाङ

विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या एक करोड ८२ लाख ४० हजार ६ सय ३३ पुगेको छ । जसमध्ये ६ लाख ९२ हजार आठ सय ९४ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा सङ्क्रमितको संख्या ४८ लाख १३ हजार ६ सय ४७ पुगेको छ । एक लाख ५८ हजार तीन सय ६५ जनाको मृत्यु भएको छ । अमेरिकापछि सबैभन्दा बढी सङ्क्रमित रहेको ब्राजिलमा २७ लाख ३३ हजार ६ सय ७७ जना सङ्क्रमित भएकोमा ९४ हजार एक सय ३० जनाको मृत्यु भएको छ । सङ्क्रमितको संख्यामा तेस्रो स्थानमा भारत छ । भारतमा १८ लाख सात हजार दुइ सय २२ जनामा सङ्क्रमण भएकोमा ३८ हजार एक सय ७६ भन्दा धेरैको मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्