भारतमा कोरोना सङ्क्रमणको दर बढ्दै, एकैदिन थपिए ५२ हजारभन्दा बढी सङ्क्रमित – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

भारतमा कोरोना सङ्क्रमणको दर बढ्दै, एकैदिन थपिए ५२ हजारभन्दा बढी सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
साउन १९, दाङ

भारतमा कोरोना सङ्क्रमणदर अमेरिका र ब्राजिलभन्दा बढी भएको छ । भारतमा पछिल्लो २४ घण्टाभित्र अहिले सम्मकै र अन्य मुलुकमा भन्दा धेरै सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा भारतमा अमेरिका र ब्राजिलको भन्दा धेरै सङ्क्रमित पहिचान भएका हुन् । भारतमा पछिल्लो २४ घन्टामा ५२ हजार ९ सय ७२ जना सङ्क्रमित भेटिएका छन् । यस्तै पछिल्लो २४ घन्टामा ७ सय ७१ जना सङ्क्रमितको मृत्यु भएको छ । यही अवधिमा अमेरिकामा ३९ हजार ३८ जना र ब्राजिलमा २४ हजार ८१ जना नयाँ संक्रमित फेला परेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्