काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। होटल हिमालयमा दिउँसो एकबजेदेखि हुने बैठकमा सभापति शेरबहादुर देउवा अनुपस्थित रहने र बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गर्ने भएका छन् ।
बैठकमा डा. शेखर कोइरालालाई डाकिएको छ । कोइरालालाई पूर्वपदाधिकारीका हैसियतमा डाकिएको हो।
डा. शेखर र दुई महामन्त्रीको समूहले जेनजी आन्दोलनपछि काङ्ग्रेसको विशेष महाधिवेशन माग गर्दै कार्यकर्ताहरूको हस्ताक्षर सङ्कलन गरिरहेका छन्। सङ्कलित हस्ताक्षर पार्टी केन्द्रीय समिति बैठकअघि नेतृत्वलाई बुझाउने तयारी छ।
आइतबारदेखि नेपाली काङ्ग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। आजको पदाधिकारी बैठकले केन्द्रीय समितिमा छलफल गर्ने विषयहरू तय गर्नेछ।


