नेपाल मोबाइल डिष्ट्रिब्युसन एसोसिएसनद्वारा ट्राफिक कार्यालयलाई सहयाेग – Kanika Khabar
Monday, December 8Nepali News Portal

नेपाल मोबाइल डिष्ट्रिब्युसन एसोसिएसनद्वारा ट्राफिक कार्यालयलाई सहयाेग

    मा प्रकाशित


दाङ । नेपाल मोबाइल डिष्ट्रिब्युसन एसोसिएसन राप्ती शाखाले जिल्ला ट्राफिक कार्यालय दाङलाई सहयाेग हस्तान्तरण गरेकाे छ । आज शनिबार एसाेसियसनले एक कार्यक्रमका बिच ट्राफिक कार्यालयलाई ५१ हजार रकम सहयाेग हस्तान्तरण गरेकाे हाे ।

गत भदाै २३ र २४ गते जेनजी आन्दोलनका क्रममा ट्राफिक कार्यालयमा ताेडफाेड तथा आगजनी भएकाे थियाे । `जेनजी आन्दोलनका क्रममा कार्यालयमा ताेडफाेड र आगजनी भएकाे थियाे । कार्यालयबाट कार्य सम्पादन गर्न समस्या भएकाे छ । कार्यालयका कामकाज गर्न सहज हाेस् भन्ने उद्देश्यले एसाेसियसनका तर्फबाट सहयाेग प्रदान गरेका हाैँ ।´ एसाेसियसनका अध्यक्ष राजभक्त रानाले बताए ।

जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख उपेन्द्र बमलाई हस्तान्तरण गरिएकाे थियाे । एसाेसियसनकाे सहयाेगप्रति प्रमुख बमले कृतज्ञता ज्ञापन गरेका थिए ।

कार्यक्रममा एसाेसिएसनका उपाध्यक्ष शंकर अधिकारी, सचिव गणेश कुमार रेग्मी, कोषाध्यक्ष रमेश दसौदी, सदस्यहरू नविन कुमार पाण्डे, रेशम केसी, प्रविण थापाकाे उपस्थिति रहेकाे थियाे ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्