वीरगञ्जमा गरिएको जाँचमा थप ३४ जनामा कोरोनाको सङ्क्रमण – Kanika Khabar
Tuesday, March 18Nepali News Portal

वीरगञ्जमा गरिएको जाँचमा थप ३४ जनामा कोरोनाको सङ्क्रमण

    मा प्रकाशित

कनिका खबर
साउन २०, वीरगञ्ज
वीरगञ्जमा गरिएको जाँचमा थप ३४ जनामा नोबेल कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । नारायणी अस्पतालमा गरिएको जाँचमा दुईजना बाराका र एकजना सुर्खेतका सहित ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिनुुभयो । ३१ जना मध्ये ३ जना पोखरीया नगरपालिका र एक जना जिराभवानी गाउँपालकिाको सेढवाका बासिन्दा रहेका छन् । २७ जना भने वीरगञ्जको विभिन्न वडामा बसोबास गर्ने रहेका छन् । सुर्खेत घर भई नेशनल मेडिकल कलेजको क्वाटरमा बसेर काम गर्दै आएका २८ वर्षीय चिकित्सक महिलामा पनि सङ्क्रमण देखिएको छ । नारायणी बयोधा अस्पताल प्रालि गण्डकमा कार्यरत ३४ वर्षीय पुरुष डाक्टरमा पनि सङ्क्रमण देखिएको छ । नारायणी अस्पताल वीरगञ्जको फार्मेसीमा कार्यरत ३० र ४३ वर्षका दुई पुरुष, नारायणीकै पारामेडिक्सको कन्ट्याक्ट ट्रेसिङ्मा परेका २१, २७ वर्षका दुई गरी चारजना स्वास्थ्यकर्मीमा पनि कोरोना सङ्क्रमण देखिएको छ । त्यसैगरी चण्डीप्रसाद गण वीरगञ्ज घण्टाघरमा कार्यरत एवं शव व्यवस्थापन टोलीमा खटेका २८, ३० र ३२ वर्षका तीन जना नेपाली सेनाका जवान पनि सङ्क्रमित भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्