सप्तरी जिल्लाभरिमा आजबाट ७ दिन निषेधाज्ञा – Kanika Khabar
Saturday, April 20Nepali News Portal

सप्तरी जिल्लाभरिमा आजबाट ७ दिन निषेधाज्ञा

    मा प्रकाशित

कनिका खबर
साउन २०, सप्तरी
जिल्ला सुरक्षा समिति सप्तरीले जिल्लाभरि आजबाद सात दिनको लागि निषेधाज्ञा आदेश जारी गरेको छ । आज बिहान ५ बजेदेखि २६ गते साँझ ५ बजेसम्मको लागि निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करहरी आचार्यले जानकारी दिनुुभयो । हालसम्म ५ सय ३१ जनामा कोरोना सङ्क्रमण देखिएको र राजविराज नगरपालिकामा एक जनाको मृत्युसमेत भइसकेको अवस्थामा सजगता अपनाउन, सङ्क्रमणको विस्तार रोक्न, तथा चेतनामूलक र प्रबन्धनात्मक कार्यहरू आवश्यक रहेको भन्दै कोभिड–१९ को सङ्क्रमणको प्रभावकारी रोकथाम तथा नियनत्रणको लागि अत्यावश्यक कार्यबाहेक कार्य नगर्न निषेधाज्ञा आदेश जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरसहित जिल्लाभरि निषेधज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय, सप्तरीको निषेधज्ञा आदेशमा भनिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्