काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि – Kanika Khabar
Monday, November 17Nepali News Portal

काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि

    मा प्रकाशित

काठमाडौँ । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठकआजदेखि बस्दैछ । बैठक पार्टी मुख्यालय सानेपामा बस्न लागेको हो ।

बैठक दिउँसो १ बजेदेखि बस्ने पार्टी कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि बैठक गत आइतबार बस्ने भनिएको थियो ।

तर पार्टीभित्र जेनजीका माग सम्बोधन गर्नका लागि नियमित महाधिवेशन वा विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गरी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा होमिनुपर्ने माग बढेसँगै संस्थापन हच्किएको छ ।

अहिले अधिकांश जिल्लाबाट महाधिवेशनका लागि हस्ताक्षर भइरहेको छ । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन र त्यसले गरेको परिवर्तनलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने जताततै व्याप्त रहेको छ ।

हरेक दलमा नेतृत्व परिवर्तनको दबाब रहेको छ । कांग्रेसको १४ औँ महाधिवेशन २०७८ को मंसिरमा भएकाले नियमित महाधिवेशन नै आगामी मंसिरमा गर्न सकिन्छ ।

संस्थापनले त्यसलाई लम्ब्याउन खोजिरहेको छ । यता संस्थापन इतर पक्षले भने नियमित महाधिवेशन गर्न सकिँदैन भने विशेष महाधिवेशन गरेरै भए पनि नेतृत्व परिवर्तन गर्न माग गरेका छन् ।

बैठकमा अहिलेको परिवर्तनबारेमसेत गम्भीर छलफल गरी कांग्रेसले सोही अनुसार आफ्नो राजनीतिक रणनीति तयार गर्नेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्